आइतबार, जेठ २६, २०८२

नेपाल लाइफको डिजिटल धमाका अभियान

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमकाबीच उक्त अभियानको थालनी गरिएको हो।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ। कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमकाबीच उक्त अभियानको थालनी गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसको सुरुआत गरे। सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अभियान संचालनमा ल्याइएको कम्पनीले जनाएको छ। 

माघ महिनाभरि बीमा शुल्कको नवीकरण अनलाइन माध्यमबाट भुक्तानी गर्ने ग्राहकहरुलाई विभिन्न उपहारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ। भुक्तानी सेवा प्रदायक खल्तीबाट बीमाको नवीकरण शुल्क भुक्तानी गर्ने मध्येबाट हरेक हप्ता एकजना भाग्यशाली विजेतालाई एयरबर्डस् प्रदान गरिने छ। 

त्यसैगरी, पहिलो पटक खल्तीको प्रयोग गरी बीमा शुल्कको नवीकरण गर्नेलाई १०० रुपैयाँ क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ। कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आईपीएस, आईएमई-पे र प्रभु-पेसँग सम्झौता गरेको छ। 

कम्पनीका ग्राहकहरुले घरै बसीबसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन्। कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुका साथ साथै कारोबार समेत सुरक्षित हुने विश्वास व्यक्त गरे।

आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको उनको भनाइ छ। 

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। यसका साथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरेको छ।

प्रकाशित: Jan 17, 2023| 18:17 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्