मंगलबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

दार्चुलाको ग्रामीण क्षेत्रका बस्तीमा खानेपानीको समस्या

सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको हो।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

दार्चुला- दार्चुलाका शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका  दर्जनौँ गाउँमा खानेपानीको समस्या हुन थालेको छ। सुक्खायाम सुरु भएसँगै ग्रामीण बस्तीमा खानेपानीको चरम समस्या हुन थालेको हो। 

समयमै वर्षा नहुँदा अधिकांश  खानेपानीका मुहान सुक्न थालेका छन्। लामो समयसम्म नियमित वर्षा नहुँदा मुहानहरुमा  पानीको मात्रा घटेकाले स्थानीयवासी अभाव बेहोर्दै आएका छन्।

नियमित वर्षा नभएकाले पनि पहाडी क्षेत्रमा खानेपानीको समस्या बर्सेनि बढ्दै गएको छ। शैल्यशिखर नगरपालिका–६ को धौखानी र उदपुरलगायत क्षेत्रमा खानेपानीको निकै समस्या  भएको स्थानीयवासी श्याम सिंह धामी बताउँछन्। उक्त क्षेत्रका करिब ३० घर र सोही ठाउँमा रहेको शैल्य आधारभूत विद्यालयमा पनि खानेपानीको समस्या रहेको अर्का स्थानीयवासी नरेन्द्र धामीको भनाइ छ।  

जिल्लाका नौवटै स्थानीय तहका उच्च भेग र पाखो क्षेत्रका अधिकांश बस्तीमा पानीको समस्या रहेको सोही वडाका वडाध्यक्ष जगदीशसिंह धामी उल्लेख गर्छन्। 

त्यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत  भगवती, सिराड, हुनैनाथलगायत बस्तीहरूमा पनि खानेपानीको अभाव रहेको पालिकाका उपाध्यक्ष कल्याणसिंह धामीको भनाइ छ।। जिल्लाको धेरैजसो  ठाउँमा लिप्टिङ  खानेपानीका योजना रहे पनि समयमै मर्मत नहुँदा स्थानीयवासीहरुले खानेपानीको समस्या झेल्नुपरेको छ।

शैल्यशिखरका केही बस्तीमा  खानेपानीका केही मुहान बर्खायाममा  बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो। क्षतिग्रस्त मुहानलाई स्थानीय सरकारले अहिलेसम्म मर्मत गर्न कुनै चासो नदेखाएको  अर्का स्थानीयवासी गोपाल सिंह धामीको गुनासो छ।

जिल्लाका अधिकांश  ठाउँमा सडकलगायत भौतिक संरचना निर्माणका कामले क्षति  पुर्‍याउँदा  मुहानहरु पुरिएर   खानेपानीको समस्या भएको छ। जलवायु परिवर्तन, जथाभावी निर्माण कार्य, भू–क्षय, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप, वन विनाशआदिले गर्दा  पानीका मुहान नासिदै गएको जानकारहरुको भनाइ छ। 

भौगोलिक विकटता र माथिल्लो भागमा बस्ती तर खोला तल्लो भागबाट बग्ने भएकाले मुहान सुकेपछि खोलाको पानीमा निर्भर हुने अवस्था छैन। लिफ्ट सिस्टमजस्ता प्रविधिको प्रयोग सहज छैन। महगो  प्रविधि र त्यसमा फेरी सञ्चालनको झन्झट पनि भएकाले पहाडी बस्तीका लागि स्थानीय मुहान नै एक मात्र सस्तो र सुलभ विकल्प रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटी बताउँछन्।

प्रकाशित: Jan 17, 2023| 20:30 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।