बुधबार, वैशाख १७, २०८२

लुम्बिनी : सांसद जोगाउन होटेल र रिसोर्टमा बास

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका सांसदहरु मंगलबार लुम्बिनीमा भेला भएका छन्। बुधबार बस्ने प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न गठबन्धनका सबै सांसद लुम्बिनीमा भेला भएका हुन्।
 |  मंगलबार, साउन २६, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, साउन २६, २०७८

बुटवल– लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका सांसदहरु मंगलबार लुम्बिनीमा भेला भएका छन्। बुधबार बस्ने प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न गठबन्धनका सबै सांसद लुम्बिनीमा भेला भएका हुन्। बुधबार प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

यसअघि सोमबार कपिलवस्तुको वाणगंगास्थित राजापानी रिसोर्टमा बसेका गठबन्धनका सांसद दिउँसो लुम्बिनीतर्फ हानिएका हुन्। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव सफल बनाउन सांसदहरुलाई एकताबद्ध बनाउने गरी केही दिनदेखि गठबन्धनले सांसदलाई रिसोर्ट र होटलमा राख्न थालेको हो। 

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सांसदहरू एक ठाउँमा भेला भएकोे नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदर्शन बरालले बताए। सोमबार राजापानी रिसोर्टमा रात बिताएका गठबन्धनका सांसदहरुले मंगलबार भने लुम्बिनीमा रात बिताउनेछन्।

केही दिनअघि माओवादी केन्द्रकी प्रदेशसभा सदस्य विमला कुमारी वली मुख्यमन्त्री निवासमा बन्धक बनेकी थिइन्। यस घटनापछि सांसद जोगाउन माओवादी केन्द्रले रिसोर्टमा राखेर छलफल गर्न थालेको हो।
लुम्बिनीमा हुने छलफलमा गठबन्धनका अन्य सांसद पनि सहभागी हुनेछन्। यसअघि राजापानी रिसोर्टमा नेकपा माओवादी केन्द्र र गठबन्धनका केही नेता मात्रै सहभागी थिए। मंगलबार भने विपक्षी गठबन्धनका सबै सांसद भेला भएर अविश्वास प्रस्तावलाई पारित गर्ने गरी छलफलमा जुट्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए।

केही दिनअघि माओवादी केन्द्रकी प्रदेशसभा सदस्य विमला कुमारी वली मुख्यमन्त्री निवासमा बन्धक बनेकी थिइन्। यस घटनापछि सांसद जोगाउन माओवादी केन्द्रले रिसोर्टमा राखेर छलफल गर्न थालेको हो।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध साउन १९ गते विपक्षी दलका ३४ सांसदले अविश्वासको प्रस्ताव पेस गरेका थिए। 

Metro Mart
worldlink

लुम्बिनीमा सत्तासी एमालेका ३८ सांसद छन्। बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनीमा हाल ८० प्रदेशसभा सदस्य कायम छ। विपक्षी दल कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन्। 

सांसद खरिदबिक्री भइरहेकाले विपक्षीले आफ्ना सांसद जोगाउनकै लागि होटल र रिसोर्टमा राख्न थालेको हो। लुम्बिनीमा २ जना मात्रै सांसद यताउता भएमा सरकार फेरबदल हुन सक्छ। त्यसैले विपक्षीले आफ्नो बहुमत कायम राख्न सांसदलाई होटलमा राखेको एक नेताले बताए।


प्रकाशित: Aug 10, 2021| 17:41 मंगलबार, साउन २६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।