आइतबार, जेठ २६, २०८२

आजैबाट हवाई सुरक्षामा कडाइ : पर्यटनमन्त्री किराती

पोखरामा भएको विमान दुर्घटनाको प्रसंग कोट्याउँदै नवनियुक्त मन्त्री किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गरिने बताएका हुन्।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– नेकपा माओवादी कोटाबाट पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किरातीले मंगलबार मन्त्रालयमा पद वहाली गरेका छन्।आइतबार पोखरामा भएको विमान दुर्घटनाको प्रसंग कोट्याउँदै नवनियुक्त मन्त्री किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गरिने बताएका हुन्।

उनले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन हरदम प्रयास गर्ने प्रतिबद्धता जनाए। पोखरामा भएको जहाज दुर्घटना सम्बन्धमा थप जानकारी लिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक डाकिएको उनले बताए। हवाई क्षेत्र असुरक्षित हुनुका कारण र यस क्षेत्रमा रहेका कमजोरीबारे  प्राधिकरणसँग जानकारी लिइने उनको भनाइ छ।

मन्त्री किरातीले देश शोकमा रहेकाले आफूलाई खादामाला नलगाइदिन र माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गरे। उनले आफ्नो एक महिने तलब रकमसमेत उक्त पेटिकामा राखिने सुनाए।

प्रकाशित: Jan 17, 2023| 14:54 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्