काठमाडौं– सरकारी स्वामित्वको नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ। मोबाइल सेवाअन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड फोन सेवा मंगलबार मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो।
नेपाल टेलिकमको इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको उपभोक्ताले गुनासो गरेका छन्। सेवासँगै टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध भएको छ। कम्पनीले सेवा अवरुद्ध भएकोबारे हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन।