बुधबार, साउन ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पहिचान नभएका २५ शव लिएर काठमाडौं आएको सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

पहिचान नभएका २५ शव लिएर काठमाडौं आएको सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

पोखराबाट शव लिएर आएको सेनाको विमान प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरणमा समस्या भएपछि विमानस्थलमै फर्किएको हो।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– आइतबार पोखरामा यती एयरको विमान दुर्घटनामा परेर पहिचान हुन नसकेका २५ जनाको शव बोकेर काठमाडौं आएको सेनाको एमआई १७  हेलिकप्टर महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरण हुन नसकेपछि त्रिभुवन विमानस्थल फर्किएको छ। 

विमान दुर्घटनामा ज्यान गुमाएका २५ जनाको शव लिएर आएको हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता टेकनाथ सिटौलाले बताए। पोखराबाट शव लिएर आएको सेनाको विमान प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अवतरणमा समस्या भएपछि विमानस्थलमै फर्किएको हो। 

शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा लैजान लागिएको छ। पहिचान हुन नसकेका थप २३ शव सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउन लागिएको कास्की प्रशासनले बताएको छ।

प्रकाशित: Jan 17, 2023| 12:37 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।