बुधबार, साउन ८, २०८२

सुरु भयो अनलाइन मतदाता नामावली दर्ता

आयोगले २ माघदेखि नै अनलाइन दर्ता सुरु हुने बताए पनि शोक बिदाका कारण मंगलबारदेखि थालिएको हो।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता सुरु गरेको छ। आयोगले २ माघदेखि नै अनलाइन दर्ता सुरु हुने बताए पनि शोक बिदाका कारण मंगलबारदेखि थालिएको हो।

आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मंगलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने जानकारी दिए। आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा हुनुअघि उपत्यकासहित सात जिल्लामा अनलाइन दर्ता सुरु गरेको थियो। 

यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकामा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्ने गरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो ।

प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ। त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने आयोगले बताएको छ। प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक कार्य सँगै सुरु हुने सहायक प्रवक्ता भुसालको भनाइ छ।

प्रकाशित: Jan 17, 2023| 12:12 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...