काठमाडौं– पोखरामा आइतबार यती एयरलाइन्स विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ३ वटा शव आफन्तको जिम्मा लगाइएको छ। चलक दलका सदस्यसहित ७२ यात्रु सवार विमान दुर्घटनामा परेसँगै हालसम्म ७० जनाको शव फेला परेको छ। अझै २ जना बेपत्ता रहेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ।
मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकेपछि आवश्यक प्रक्रिया पूरा गरेर ३ वटा शव आफन्तको जिम्मा लगाइएको कास्की प्रहरी प्रमुख अजय केसीले जानकारी दिए।
विदेशी यात्रु, चालक दलका सदस्य र पहिचान नभएका ४५ देखि ४९ वटा शव आजै काठमाडौं ल्याउने तयारी छ।
काठमाडौंमा शव पठाउन आवश्यक सबै तयारी पूरा भएको र अस्पतालले हस्तान्तरण गर्नेबित्तिकै प्रक्रिया अगाडि बढाउने उनले बताए। शव लिन नेपाली सेनाको हेलिकोप्टर सोमबारै पोखरा गएको थियो।
प्रहरी प्रमुख केसीका अनुसार पहिचान भएका पोखरा वरपरका शव अस्पतालबाटै प्रक्रिया पु¥याएर आफन्तलाई जिम्मा लगाइनेछ।