बुधबार, साउन ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • क्यालिफोर्नियामा गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु

क्यालिफोर्नियामा गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु

क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

क्यालिफोर्निया- क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित  ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइक बोउडरेउक्सले उक्त आक्रमण गिरोह र लागूऔषध हिंसासँग जोडिएको हुन सक्ने बताए।

स्थानीय समयअनुसार सोमबार बिहान ३:३० बजेतिर दुईजना व्यक्तिले घरमा आक्रमण गरेको र धेरै गोली चलाएको प्रहरीले जनाएको छ। छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी घटनास्थलमा पुग्दा घरभित्र र बाहिर मानिहरुको शव भेटिएको थियो।

प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ। संयुक्त राज्य अमेरिकामा सन् २०२१ मा बन्दुकको गोली लागेर ४९ हजार मानिसको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्या थिए।

प्रकाशित: Jan 17, 2023| 08:35 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।