सुनसरी- बराहक्षेत्र नगरपालिका–७ बत्तिस आर्डिस्थित चतरा झुम्का नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय हिमाल थापाको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
नहरमा डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गरेको थियो।
सो क्रममा नहरमा उनको शव प्रहरीले फेला पारेको थियो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी कार्यालय सुनसरीले जनाएको छ।