बुधबार, साउन ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा विमान दुर्घटनामा सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

पोखरामा विमान दुर्घटनामा सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ।
 |  मंगलबार, माघ ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ३, २०७९

काठमाडौं- पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, आफन्त काठमाडौंमा भएका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाडौं ल्याइने भएको छ।

दुर्घटनामा परेकामध्ये पहिचान भएका २४ जनाको शव पोखरामा परीक्षण गरिने छ। अन्यको शव नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान ८ बजे काठमाडौं ल्याउन लागिएको हो।

७२ जना दुर्घटनामा परेकोमा हालसम्म ७० जनाको शव फेला परेको छ। दुई जना अझै बेपत्ता छन्। 

आफन्तबाट पहिचान भएका शव पोखरामा नै शवपरीक्षण गरी परिवारलाई बुझाइने भए पनि पहिचान हुन नसकेका शवको त्रिवि शिक्षण अस्पतालमा थप परीक्षण गरिनेछ।

प्रकाशित: Jan 17, 2023| 07:20 मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।