शुक्रबार, साउन १०, २०८२

पोखरा विमान दुर्घटना : २४ शवको परीक्षण पोखरामा हुने

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार ती शवको परीक्षण प्रक्रिया सुरू भइसकेको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

पोखरा- आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ व्यक्तिको शव परीक्षण पोखरामा हुनेभएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार ती शवको परीक्षण प्रक्रिया सुरू भइसकेको छ। 

बाँकी शवको परीक्षण भने काठमाडौंस्थित शिक्षण अस्पतालमा हुने जनाइको छ। यहाँ शव परीक्षण हुन नसकेका शवलाई हेलिकप्टरमार्फत काठमाडौं लगिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए। 

विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव परीक्षणका लागि काठमाडौं लैजाने तयारी भएको हो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौंदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ। 

पोखराको सेती खोंचमा भएको सो विमान दुर्घटनामा ६९ को शव फेला परेको छ। तीन यात्रुको अवस्था भने अझै अज्ञात छ। बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ। पोखरामा शव परीक्षण हुनेहरूको नामहरु त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धि पौडेल रहेको छ।

त्यस्तै जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको शव परीक्षण पनि पोखरामा हुनेछ। 


प्रकाशित: Jan 16, 2023| 18:50 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।