बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मुख्यमन्त्री कार्कीद्वारा दमकमा आगलागी भएको घटनास्थलको अनुगमन

मुख्यमन्त्री कार्कीद्वारा दमकमा आगलागी भएको घटनास्थलको अनुगमन

नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिएका हुन्।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

दमक- प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक–६ स्थित नमुना बजारमा आइतबार बिहान भएको आगलागी भएको घटनाबारे स्थलगत जानकारी लिएका छन्। 

नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार मुख्यमन्त्री कार्कीले आइतबार साँझ आगलागीस्थलमा पुगी घटनाका बारेमा जानकारी लिएका हुन्। उनलाई नगर प्रमुख थापा, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले घटनाका बारेमा जानकारी गराएका थिए।

त्यस्तै, उनले आगलागी पीडित व्यवसायीसँगसमेत संवाद गर्नुभएको नगर प्रमुख थापाले जानकारी दिए। मुख्यमन्त्री समक्ष पीडितहरुले आफूहरुलाई पुनःस्थापित तथा राहतमा सहयोग पुर्याइदिन माग राखेका थिए। त्यस क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी प्रशासनलाई घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका थिए।

पीडित व्यवसायीलाई राहत उपलब्ध गराउन स्थानीय सरकार र यहाँका राजनीतिक दल, सङ्घ संस्थाको सक्रियता पहिलो हुने उनले बताए।

‘प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने र गर्न मिल्ने सम्मको राहत आफूले तुरुन्तै उपलब्ध गराउने छु’, मुख्यमन्त्रीले भने। घटनामा ६ वटा पसल पूर्णरुपमा क्षति भएको तथा अन्य तीन वटा पसलका सबै सामान जल्दा करिब दुई करोड बढीको धनजनको क्षति पुगेको प्रहरीले जनाएको छ।

Metro Mart
worldlink

आगो लगाएको आरोपमा दुई जना पक्राउ

आइतबार बिहान दमक– ६ स्थित नमुना बजारमा भएको आगालागीमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। सिसिटिभी फूटेजका आधारमा अनुसन्धान गर्दा दुई व्यक्तिले आगजनी गरेको देखिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरीले आगजनीमा संलग्न एक जनालाई पक्राउ गरिसकेको छ। आगजनीबाट त्यहाँका कपडा, जुत्ताचप्पल पसल तथा टलरिङ सेन्टर गरी नौ वटा पसल पूर्णरूपमा जलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए।

उनका अनुसार आगलागीबाट करिब दुई करोड बराबरको धनमाल क्षति भएको छ। यद्यपि, क्षतिको पूर्ण विवरण आइसकेको छैन। प्रहरीका अनुसार आगलागीबाट राजु श्रेष्ठ, सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको पसल पूर्णरुपमा जलेर नष्ट भएको छ। साथै घटनास्थल छेउछाउका चार वटा पसल भत्काउनु परेको थियो।

प्रनाउ गिरीले सिसिटिभीको फुटेज हेर्दा दुईजना व्यक्तिमध्ये एकजनाले पेट्रोल खनाएको र अर्कोले लाइटर जलाएको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए।

पक्राउ परेका ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन् भने फरार अर्काको खोजी भइरहेको उनले बताए। पक्राउ परेकाले घटनामा आफनो संलग्नता स्वीकार गरिसकेको प्रहरीको दाबी छ।

प्रकाशित: Jan 16, 2023| 23:00 सोमबार, माघ २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।