बुधबार, साउन ८, २०८२

ढोलाहिटी-लेले सडक सम्पन्न गरिने

तीन प्याकेजमा निर्माण भएकामा धेरै सकिएको र बाँकी काम पनि छिट्टै सकाउने तयारी अघि बढाइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- निर्माण सुरु भएको छ वर्षपछि ललितपुरको ढोलाहिटी-लेले सडक सम्पन्न गर्ने तयारी गरिएको छ। बीस मिटर चौडा गर्ने गरी ठेक्का सम्झौतामा उल्लेख भए पनि आधाभन्दा बढी लम्बाइ र लक्ष्यभन्दा आधा कम चौडाइको काम भएको छ।

तीन प्याकेजमा निर्माण भएकामा धेरै सकिएको र बाँकी काम पनि छिट्टै सकाउने तयारी अघि बढाइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। सुनाकोठीमा झण्डै आठ सय मिटर लम्बाइमा एकपटक कालोपत्र भइसके पनि खानेपानीको पाइप अण्डरग्राउड रहेकाले पुनःसडक भत्किएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए।

उनका अनुसार पानी बग्ने ठाउँ नभएकाले सडकमा निर्माण हुनासाथ उप्कने गरेको हो। कालोपत्रका लागि प्रयोग हुने उपकरणले सडक नजिकका घरलाई असर गर्ने हुनाले सो स्थानमा उपकरण प्रयोग नगरिएको जोशीले बताए।

उनले भने, ‘यही अवस्थामा कालोपत्र गर्दा नटिक्ने हुँदामर्मत गरेरै ठेक्का सम्पन्न गरिनेछ।’ विस्तारका क्रममा रहेका सबै ठेक्काको अवधि बढीमा चैतसम्म रहेकाले उक्त समयसम्ममा निर्माणसम्पन्न गरिने सूचना अधिकारी जोशीले बताए। चौडाइ बढाउन, तथा त्यहाँका संरचना हटाउनका लागि लामो सयम लाग्ने देखिए पनि अब निर्माण कार्य छिट्टै सम्पन्न गरिने उनको भनाइ छ।

उनले भने, ‘पर्खाललगायतका अरु कुरा सकिएको छ सरासर कालोपत्र गर्दा लामो समय लाग्दैन।’ सडक सबैतिर २० मिटर विस्तार गर्नेगरी सम्झौता भएकोमा गतवर्ष नै चापागाउँ क्षेत्रमा आधाभन्दा कम चौडाइमा ढलान भइसकेको छ।

टाखेल–टीकाभैरव खण्डमा भने जङ्गल क्षेत्र र जग्गा उपलब्ध हुने हुँदा मापदण्डअनुसार नै चौडाइ कायम भएको छ। ढोलाहिटीबाट चापागाउँसम्मको सडकमध्ये खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र भने साँघुरै सडकमा कालोपत्र गरिएको छ।

चापागाउँ, ठेचो, सुनाकोठीलगायत बजार क्षेत्रमा सडक साँघुरा छन्। उक्त स्थानमा ठूला सवारीसाधनका कारण  घन्टौँसम्म सडक जाम हुनुका साथै कार्यालय समयमा लामो समय जाम हुँदा स्थानीयवासी समस्यामा परेका छन्। झन्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता गरिएको थियो।

ठेक्काको अवधि सकिएको भए पनि निर्माणस्थल खाली नगरिएपछि पटकपटक ठेक्का अवधि थप हुँदै आएको छ। पछिल्लो दुई वर्षमा भने कोभिड सङ्क्रमणका कारण सडक निर्माण अवरोध पुगेको थियो।

प्रकाशित: Jan 16, 2023| 22:30 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।