काठमाडौं- बारा जिल्लाको गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
बारा प्रहरीका अनुसार सिम्रोनगढ नगरपालिका– १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको मृत्यु भएको हो। सो दुर्घटनामा परेर बैरियाकै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन्।
बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार स्थानिय तहमा लागेको मेला हेरेर घर फर्किँदै गरेका उनीहरु सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलही पुलमुनि खस्न पुगेको थियो। मृतक दुबै जनाको शव थलही खोलामा फेला परेको थियो।