शुक्रबार, साउन १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटना, सेती नदीमा हेलिएर गोताखोरले निकाले एउटा शव

विमान दुर्घटना, सेती नदीमा हेलिएर गोताखोरले निकाले एउटा शव

विमान दुर्घटनामा परेर बेपत्ता ४ जनामध्ये सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरास्थित सेती नदीमा पसेर एउटा शव निकालेको हो।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं–आइतबार पोखरामा दुर्घटनाग्रस्त यती एयरको विमानमा सवार ७२ मध्ये हालसम्म ६७ जनाको शव फेला परेको छ। विमानमा सवार दुर्घटनामा परेर बेपत्ता ४ जनामध्ये सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरास्थित सेती नदीमा पसेर एउटा शव निकालेको हो।

बेपत्ता ४ जनामध्ये एक जनाको शव सेती नदीको पानीमा भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए। दुर्घटनामा परेका ३ जनाको अवस्था अज्ञात रहेकाले गोताखोरले खोजिरहेको उनको भनाइ छ। सशस्त्रले पानीबाट निकालिएको शव गण्डकी अस्पतालमा पठाउँदैछ। दुर्घटनास्थलमा ३ गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोली कुरिनटारबाट दुर्घटनास्थलमा पठाइएको छ।

विशेषज्ञ टोलीद्वारा शव पोस्टमार्टम सुरु

आइतबार पोखराको सेती खोचमा भएको यती एयरको विमान दुर्घटनामा निधन भएका व्यक्तिको पोस्टमार्टम सुरु भएको छ। शव पहिचान र परीक्षणका लागि  गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौंबाट पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोष्टमार्टमलगायत प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको जानकारी दिए। पोस्टमार्टममा लागि गठित विशेषज्ञ टोलीमा काठमाडौंबाट आएका दुई विज्ञ चिकित्सकसहित पोखराका चिकित्सक पनि सम्मिलित छन्। 

दुर्घटनामा निधन भएका ६८ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा राखिएको छ। एउटा शव पोस्टमार्टम गर्न आधादेखि डेढ घटासम्म समय लाग्ने अस्पतालले बताएको छ। 

पोस्टमार्टमपछि पोखरा र आसपासका व्यक्तिको शव आफन्तलाई बुझाइनेछ भने विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शव काठमाडौंस्थित शिक्षण अस्पताल पठाइनेछ। 

पोस्टमार्टमपछि शव बुझ्न दिवंगतका आफन्तजन अस्पताल परिसरमा जम्मा भएका छन्। दुर्घटनामा परेका ३ जना अझै बेपत्ता छन्। बेपत्ताको खोजी कार्य चलिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित: Jan 16, 2023| 16:04 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।