सोमबार, जेठ २७, २०८२

माछापुच्छ्रे बैंकको साधारणसभा पहिलोपटक काठमाडौंमा

माछापुच्छ्रे बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारणसभा २०७९ पुस २९ गते काठमाडौँमा सम्पन्न भएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडको चौबीसौँ वार्षिक साधारणसभा २०७९ पुस २९ गते काठमाडौँमा सम्पन्न भएको छ। उक्त साधारणसभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि एसएआर एशोसिएट्स लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ।

बैंकले आव २०७८/७९ मा रु १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। त्यस्तै सोही अवधिमा बैंकको कुल निक्षेप रु १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा रु १३१.२७ अर्ब पुगेको छ। यसका साथै गत आव बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्घि गरी रु २४.१३ अर्ब पुर्याएको छ भने बैंकको निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ।

पहिलोपटक काठमाडौँमा आयोजना भएको बैंकको साधारणसभाले संस्थापक समूहका शेयरधनीहरूको तर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचितसमेत गरेको छ।

साधारणसभामा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकको तर्फबाट यथाशक्य योगदान पुर्याउने उद्देश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योगलगायतका क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै शेयरधनीलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागिपरेको जानकारी गराए।

साथै उनले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिअनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकरी गराउँदै बैंक सधैँ अर्थपूर्ण मर्जरका लागि सकारात्मक रहेको र सोही बमोजिम छलफलहरु गर्दै आइरहेको जानकारी गराए।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले माछापुच्छ्रे बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाखभन्दा बढी ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वासनीय सेवा प्रदान गरिरहेको जानकारी गराए। उनले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको जानकारी दिए। साधारणसभामा संस्थापक एंव साधारण सेयररधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित: Jan 16, 2023| 15:30 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्