काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेडले आ.व. २०७८/७९ को आफ्नो ११औं वार्षिक साधारण सभा २८ पौष २०७९ मा होटेल क्राउन इम्पेरियल, काठमाडौंमा सम्पन्न गरेको छ।
बैठकले ३८% बोनस सेयर वितरण गर्ने तथा बोनस सेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस पश्चात कम्पनीको चुक्ता पुँजी७८ करोड ३३ लाख ७५ हजार ७६८ बराबरको हुनेछ। कम्पनीले पूँजी वृद्धि मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरू स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्तर्गतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्नेछ।
आ.व. २०७८/७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४०% ले बृद्धि भएको छ। आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५% प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति सेयर २५५ रुपैयाँ कायम भएको छ।