बिहीबार, साउन ९, २०८२

विमान दुर्घटनाको सूक्ष्म अध्ययनमा जुट्यो जाँच आयोग

सरकारले गठन गरेको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले सोमबारदेखि काम सुरु गरेको हो।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं– पोखरामा आइतबार भएको यती एयरको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम थालेको छ।

सरकारले गठन गरेको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले सोमबारदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए। उनका अनुसार आज बिहान भेटिएको विमानको ‘ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ।

ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ।सरकारले आइतबार दुर्घटनामा परेको यती एयर विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो। आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन्। 

सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनील थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ थापा रहेका छन्। आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरिएको हो। आयोगलाई ४५ दिने समयावधि तोकिएको छ। 

आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिन गर्नुपर्ने कामका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो।

प्रकाशित: Jan 16, 2023| 13:58 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।