बिहीबार, साउन ९, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आइतबार ८ जनाको मृत्यु भएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा आइतबार ८ जनाको मृत्यु भएको छ। 

धनुषाको औरही गाउँपालिका-१ पौडेश्वरमा लु ७१ प १७६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय भुलर यादवको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरीको विष्णुपुर गाउँपालिका-६ रन्जितपुरमा को.१ ह ९८५ नम्बरको अटोरिक्सा  आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार छिन्नमस्ता गाउँपालिका-१ बस्ने २८ वर्षीया शर्मिला देवी रायको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरी हुँदै धरान घोपा अस्पतालमा थप उपचारको क्रममा मृत्यु  भएको हो। अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका-१ पौराहीमा प्र-२-०३-००१ ज ०२२४ नम्बरको म्याजिक गाडीले प्र २-०३-००८ प ६५८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार

सोही नगरपालिका-४ बस्ने २९ वर्षीया कमला पुनको आइतबार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो। घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। दुवै सवारी साधन र म्याजिकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको कन्काई नगरपालिका-३ स्थित सडकमा प्र.१-०१-००१ ख ३४२० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-७ बस्ने ४४ वर्षीय केशव कुमार नेपालको आइतबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको घोराही उपमहानगरपालिका-१६ बेसाईमा रा.५ प ९५१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २  जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका- १६ लेटार बस्ने २१ वर्षीय शुसिल चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय बिवेक चौधरी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।

उदयपुरको चौदण्डीगढी नगरपालिका-७ रातमाटेमा बागमती प्रदेश ०२-०३७ प ७३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ खत्री टोल बस्ने ६४ वर्षीय बिदुर गजमेयरको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको नगर अस्पताल बेल्टार उदयपुर हुँदै धरान घोपामा थप उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको नगर अस्पताल बेल्टार उदयपुरमा उपचार भइरहेको छ।

यसैगरी उदयपुरकै बेलका नगरपालिका-८ बकुन्द्रे खोला नजिक सडकमा प्र १-०२- ००१ ह ६३४५ नम्बरको अटो आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका-९ बस्ने १८ वर्षीय सुमित शाहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

एकजना मृत फेला
धनुषाको जनकनन्दनी गाउँपालिका-३ लबटोली बस्ने ३५ वर्षीय लक्ष्मण मण्डल सोही गाउँपालिका-२ बलाहास्थित सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 16, 2023| 12:10 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।