शुक्रबार, साउन १०, २०८२

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

दाङ- दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका १८ विवेक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

सोमबार बिहान करिब २ बजेतिर  घोराही १६ बेसाईस्थित सर्रा सौडीयार सडक खण्डमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई  दुर्घटना हुँदा दुबै जना गम्भीर घाइते भएका थिए।  घाइते दुबै जनालाई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो।

चालक चौधरीको दाहिने हात, दाहिने खुट्टामा, टाउको चोट लागेको थियो। प्रतिष्ठान ल्याएर  डाक्टरले चेक जाँच गर्दा  करिब ३ बजेतिर मृत घोषणा गरेको र शव अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  

प्रहरीका अनुसार  मोटरसाइकलमा पछाडि सवार विवेकको  पनि दुबै हात, दुबै खुट्टा भाँचिएको टाउकोमा गहिरो चोट लागेको थियो।  उनको पनि उपचार कै क्रममा बिहान करिब सवा ५  बजे मृत्यु भएको र शव अस्पतालमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 16, 2023| 11:10 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।