शुक्रबार, साउन १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटनामा ज्यान गुमाउने २६ जनाको पहिचान खुल्यो

विमान दुर्घटनामा ज्यान गुमाउने २६ जनाको पहिचान खुल्यो

यति एअरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएकामध्ये ६८ जनाको शव भेटिएको छ। तीमध्ये ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

कास्की- यति एअरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएकामध्ये ६८ जनाको शव भेटिएको छ। तीमध्ये ६३ जनाको शव पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। 

पाँच जनाको शव देखिए पनि सेती खोँचबाट निकाल्न सकिएको छैन। पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना रहेका थिए। अन्य चार जनाको अवस्था अझैँ खुलेको छैन।

दुर्घटनामा परेका २६ जनाको पहिचान खुलेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए। उनीहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ। पहिचान खुल्ल नसकेका शवलाई काठमाडौं लगेर डीएनए परीक्षण गरिने उनले बताए। 

पहिचान भएकाहरुमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भइ अहिले बालाजु बस्ने सङ्गीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर, पर्वतको कुष्मा १ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुष्मा ९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धि, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन्।

यस्तै, रुपन्देही शङ्करनगर ८ का डा. गणेश थापा, काठमाण्डौकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेन छन्।

चार  जना बेपत्ता रहेकोमा उनीहरूको खोजीकार्य जारी रहेको छ।

प्रकाशित: Jan 16, 2023| 08:30 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।