पाल्पा- पाल्पाको रम्भा गाउँपालिका-४, हमीनका ३० वर्षीय विष्णुबहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
माथागढी गाउँपालिका–१, चिदीपानी अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर थापाको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।
रातिको समयमा माछा मार्नका लागि विद्युत्को मुख्य लाइनबाट हुक लगाएर तयारी गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले मृतक थापासँगै माछा मार्न गएका आठ युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीले रम्भा गाउँपालिका–४ का यमप्रसाद दर्लामी, विष्णुबहादुर दर्लामी, सुजन रेस्मी, सोमबहादुर सिंजाली, सोमबहादुर गाहा, रिकमान दर्लामी, निशान दर्लामी, मदनबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको हो।