काठमाडौं- कास्कीमा अहिले मौसममा आंशिक बदली छ। तर, पानी पर्ने अवस्था नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पोखरालगायत स्थानमा पानी पर्ने सम्भावना अत्यन्त न्यून रहेको महाशाखाले जनाएको छ। पोखरामा पानी पर्ने अवस्था नरहे पनि बदलीको अवस्था भने रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए।
देशका कुनै पनि भूभागमा पानी सम्भावना नरहेको उनको भनाइ छ। उच्च पहाडी र हिमाली भूभागमा भने हल्का हिमपातको सम्भावना रहेको उनी बताउँछन्।
आज बिहान पौने ६ बजे पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको उनले जानकारी दिए।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्यलाई आज पनि निरन्तरता दिइँदै छ। हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो।