शुक्रबार, साउन १०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आज राष्ट्रिय भूकम्प दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित

आज राष्ट्रिय भूकम्प दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित

आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ।
 |  सोमबार, माघ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ २, २०७९

काठमाडौं- आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ। 

यो वर्ष पनि काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा २५औं भूकम्प सुरक्षा दिवस मूल समारोहको आयोजना गर्न पूर्वनिर्धारित कार्यक्रम थियो। त्यसबाहेक हरेक प्रदेश र स्थानीय तहले पनि कार्यक्रम मनाउने भनिएको थियो।

तर, आइतबार पोखरामा विमान दुर्घटना भएपछि सरकारले भूकम्प सुरक्षा दिवसका सबै कार्यक्रम स्थगित गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्षसमेत रहेका गृहमन्त्री रवी लामिछानेको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवसमा औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो।

पछिल्लो पटक विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लिएको थियो। 

प्रकाशित: Jan 16, 2023| 07:50 सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।