काठमाडौं- पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज पुनः थालिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बिहानैदेखि उद्धारकार्य थालिएको जानकारी दिए।
हिजो बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो। हिजो दिनभर उद्धारकार्य गरिएको भए पनि राति उद्धारकार्यमा कठिनाइ भएकाले स्थगित गरिएको थियो।
विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार रहे पनि हालसम्म ६८ जनाको शव फेला परेको छ। तीन जना भने अझैँ बेपत्ता छन्।