काठमाडौं- पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको सबैको शव संकलन गरेपछि मात्रै पहिचान थालिने भएको छ।
मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै शव संकलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए।
दुर्घटनास्थल कठिन भौगोलिक अवस्थितिमा रहेका कारण केही शव क्रेनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको छ।