आज पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुने संख्या ६८ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको छ।
विमानमा चार जना चालक दलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए।
पोखराको विमानस्थल नजिकै सेती नदी खोंचमा यतीको ९एन एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो।