शनिबार, साउन ११, २०८२

सामाजिक सञ्जालमा शोक बिदाको विरोध

नागरिकको मृत्युमा सरकार संवेदनशील हुनु राम्रो भए पनि बिदा नै दिनु उपयुक्त नहुने भन्दै सामाजिक सञ्जालमा बिदाको विरोध भइरहेको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

आज आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्‍को आकस्मिक बैठकले भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिएका छन्। विमान दुर्घटनाको शोकमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको आलोचना भइरहेको छ। नागरिकको मृत्युमा सरकार संवेदनशील हुनु राम्रो भए पनि बिदा नै दिनु उपयुक्त नहुने भन्दै सामाजिक सञ्जालमा बिदाको विरोध भइरहेको छ।

ट्विटरमा सनम चित्रकार लेख्छन्- त्यसै त बैंक मर्ज भएर र कार्यदिन नपुगेर हैरान भइरहेको बेला फेरि यस्तो!

मानवी पौडेलको सुझाव छ- शोक बिदा दिनुको सट्टा यस्ता खाले दुर्घटना न्यूनीकरणका लागि थोत्रा र गुणस्तरहिन जहाज उडानमा प्रतिबन्ध र उडान भन्दा पहिला अनिवार्य गुणस्तर चेकजाँच गरेर मात्र उडान गर्ने नीतिलाई कडाइका साथ लागू गर्न विशेषा समिति बनाएको भए पो हुन्थ्यो।

पत्रकार अनन्त कोइराला आक्रोश पोख्छन्- दुर्घटनाका कारण/समस्या खोजेर, पत्ता लगाएर दुर्घटना कम गर्ने उपाय अवलम्बन गर्ने, उद्धारमा देखिएका कठिनाइ, समस्या घटाउन/हटाउन त कहिल्यै काम हुँदैन। अनि भोलि एक दिन बिदा दियो, पर्सि बिर्सियो। सधैंको कथा

पत्रकार तीर्थराज बस्नेत आक्रोश पोख्छन्- नेपालमा बिदा फेसन भो। बिदाले शोक कम हुने हो वा सकिने हो? गर्नुपर्ने काम गर्नु नि! तोरीहरु

मनिषा चम्लागाईं जापानबाट लेख्छिन्- जहाज दुर्घटनाको कारण आर्थिक र मानवीय क्षतिको बयान गर्नै सकिन्न। यसमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेर थप क्षतिको भार देशलाई थपेको छ।

पत्रकार विपेन्द्र कार्की भन्छन्- 

प्रचण्ड त त्यति हावा थिए जस्तो लाग्दैनथ्यो, रवि लामिछानेकै संगतमा परिसकेछन्! 

दुई कारणः १. दुर्घटनास्थल अवलोकन गर्न आफैं जाने

२. जहाज दुर्घटनापछि शोक बिदा दिने

पत्रकार गजेन्द्र बुढाथोकी असन्तुष्टि पोख्छन्- राष्ट्रिय शोक मनाउनु, राष्ट्रिय झन्डा झुकाउनु, कुनै पनि उत्सव, महोत्सव स्थगन गर्नु। सरकारी बिदा अलि अपच नै भयो।

सुजित मैनालीको प्रश्न छ- बिदा घोषणा गरेर कर्मचारीलाई घरमै घाम ताप्न समय दिने कि उडान क्षेत्रलाई सुरक्षित तुल्याउन उनीहरूलाई कटिबद्धताका साथ परिचालन गर्ने? बिदाले उडान क्षेत्रको समस्या समाधानमा कसरी टेवा पुर्‍याउँछ? यस्तो निर्णय कसले गर्छ? किन गर्छ? गर्नुपर्ने काम चाहिँ किन गर्दैन?

डा. रामेश कोइराला भन्छन्- 

ए प्रचण्डजी, हवाई दुर्घटनामा शोक त सही हो कि, बिदा त अलिक अचाक्ली भएन र? सबै सडक, वायु र जल यातायातका दुर्घटनामा बिदा दिने हो? हैन भने यो के हो? किन हो? भोलि सातवटा मुटुका अपरेसन क्यान्सिल गर्नुपर्छ। भएन सर, पटक्कै भएन।

डा. अच्युत वाग्ले भन्छन्- दुर्घटना भएपछि उद्धार र राहतमा पो ध्यान दिने हो। शोकमा परेकालाई सघाउने हो। केके न गरेझैं बिदा दिएर सरकारको जिम्मेवारी पूरा हुन्छ? बिदाको विरोध गर्दा असम्वेदशील भको आरोप लाग्ला। सार्वजनिक बिदाको यो संस्कार बिल्कुलै अनावश्यक हो।

मिस्टिका देवकोटा नामकी ट्विटर प्रयोगकर्ताले त सरकारको राजीनामा नै मागेकी छन्, 'शोक बिदा रे? तिम्रो बिदाले ज्यान गुमाएका हाम्रा आफ्नाहरु फर्केर आउँछन्? संवेदनप्रति खेल्न नखोज। नेपालको आकाश किन असुरक्षित छ? जहाजको कन्डिसन के कस्तो छ? चालक दलका सदस्यहरु के कस्ता छन? कहिलै सरकारले यो बुझ्न खोजेको छ? स्टन्टबाजमा रमाउने सरकार राजीनामा दे।'

सागर ढकाल भन्छन्- पहिले शुरु दुर्घटना आफैंमा दु:खदायी। दोस्रो यहि चाला हो भने अर्को दुर्घटना पनि छिट्टै हुने संकेत। सधै यही चक्र हुने निश्चित। हाम्रो १ घण्टा देखि लिएर १ वर्षसम्मको रिस्क म्यानेजमेन्ट प्रोटोकल खोइ? रिसर्च खोइ? देशभरी बिदा दिनु झन् दुखदायी।

पत्रकार नारायण वाग्ले दु:ख व्यक्त गर्छन्- कस्तो दुखद् ! यतीको विमान खसेर कम्तीमा ६४ जनाको निधन भयो। बस होस् कि विमान, सार्वजनिक यातायातको सुरक्षाको चासो केही दिनपछि सेलाउँदै जान्छ। सरकारको ध्यान बिदा दिनेमा छ। अब यस्तो दुर्घटना रोक्न झन् काम गर्नुपर्ने होइन?

पत्रकार ध्रुवहरि अधिकारीको सुझाव छ- विदा दिने निर्णयमा पुनःविचार होस्।

अर्का पत्रकार केदार शर्मा भन्छन्- हवाई दुर्घटनाप्रतिको दुःख र शोक स्वाभाविक हो, तर विदाको घोषणा नौटङ्की हो।

प्रकाशित: Jan 15, 2023| 15:20 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।