शनिबार, साउन ११, २०८२

सल्लाहकारले रोके पोखरा जान प्रधानमन्त्रीलाई

भीआईपी सवारीले उद्वारमा समस्या आउन सक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने कार्यक्रम स्थगित भएको छ।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- भीआईपी सवारीले उद्वारमा समस्या आउन सक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने कार्यक्रम स्थगित भएको छ।

जहाज दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आपतकालीन बैठकबाट प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दुर्घटनास्थलको अवलोकनका लागि पोखरा जाने निर्णय भएको थियो। तर प्रधानमन्त्रीका सल्लाहकारहरुले भीआईपी सवारीले उद्वारमा बाधा आउने भन्दै पोखरा नजान सुझाव दिएपछि पोखरा जाने कार्यक्रम स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले त्रिभुवन विमानस्थल पुगेर उद्धारको जानकारी लिएका थिए। भीआईपी गएर कर्मचारीलाई काममा 'डिस्टर्ब' भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो। 

दुर्घटनास्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी भने पुगेका छन्।

प्रकाशित: Jan 15, 2023| 15:04 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।