शनिबार, साउन ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सबै विमानको प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन

सबै विमानको प्राविधिक परीक्षण गराउन सरकारको निर्देशन

मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो। आज बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बैठक बसेको थियो।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गराउन निर्देशन दिएको छ। मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो। आज बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि बैठक बसेको थियो। 

मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता विष्णु पौडेलले विमानको प्राविधिक परीक्षणले आगामी दिनमा यस्ता घटना न्यूनीकरण गर्न सहयोग पुग्ने सरकारले विश्वास लिएको बताए। 

सरकारले सबै वायुसेवा कम्पनीहरूलाई विमानको प्राविधिक परीक्षण गराउन निर्देशन दिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसको अनुगमन गर्नेछ।

प्रकाशित: Jan 15, 2023| 14:52 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।