काठमाडौं- मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए।
बैठक प्रधानमन्त्री निसाव बालुवाटारमा सुरु भएको हो। दुर्घटनाका सम्बन्धमा विस्तृत विवरण जानकारी लिन प्रधानमन्त्री पुप्षकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिन्।
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रुममा पुगेर दुर्घटनाबारे जानकारी लिएका हुन्। जहाज दुर्घटनामा परेकाहरुको उद्धार गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिइसकेका छन्।