काठमाडौं- पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा सवार ७२ जनाकै विवरण खुलेको छ। यती एयरलाइन्सको ६१९ फ्लाइट नम्बरको विमान आइतबार काठमाडौंबाट बिहान १०:२५ मा पोखराका लागि उडेको थियो।
जहाजका क्याप्टन कमल केसी र कोपाइलट अञ्जु खतिवडा तथा परिचारिका एस हुन्छवाङ र ओ आले मगर रहेका थिए।
नागरिक उड्ययन प्राधिकरणका अनुसार सवार यात्रु मध्ये ५३ जना नेपाली र ५ जना भारतीय रहेका छन्। त्यसबाहेक विमानमा रुसका ४ जना, कोरियाका २ जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक/एक जना यात्रु सवार थिए।