काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योगको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
राष्ट्रिय योग दिवसको अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले योग, ध्यान तथा अध्यात्म सम्वन्धी कार्यक्रमलाई थप परिस्कृत रुपमा अघि बढाउने आश्वासन दिए।
‘मानिस भौतिक रुपमा सम्पन्न देखिन्छ तर मानसिक रुपमा कमजोर भएको देखियो । अझ विकसित मुलुकमा यस्ता समस्या बढी देखिन थाले।
मनसिक समस्या हटाउने सबैभन्दा राम्रो उपाय भनेको योग तथा अध्यात्म भएको भन्दै दाहालले मनोवैज्ञानिक रुपमा बलियो हुनका लागि पनि योग ध्यान र आध्यात्मिक चेतनाबाट अघि बढ्नु आवश्यक रहेको बताए।