यती एयरलाइन्सको विमान दुर्घटना भएको छ। पोखरा विमानस्थलको नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो। काठमाडौंबाट पोखरा गएको जहाज खोंचमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्घटना भएको सूचना आएको र उद्धारमा प्रहरी खटिएको बताएको छ।
७२ सिटे एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन। स्थानीयले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।