शनिबार, साउन ११, २०८२

झापाको दमकमा आगलागीबाट ६ वटा पसलमा क्षति

झापाको दमकमा आज बिहान आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ। दमक नगरपालिका ६ स्थित नमुना बजारमा बिहान करिब ३ बजे आगलागी भएको थियो।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

झापा- झापाको दमकमा आज बिहान आगलागी हुँदा ६ वटा पसल जलेर नष्ट भएको छ। दमक नगरपालिका ६ स्थित नमुना बजारमा बिहान करिब ३ बजे आगलागी भएको थियो। 

राज श्रेष्ठले सञ्चालन गरेको पसलबाट सुरु भएको आगलागीले छेउछाउका रहेका सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेलगायतले सञ्चालन गर्दै आएको कपडा, कस्मेटिक पसलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

श्रेष्ठको पसलमा आगो लाग्दा ५ वटा पसलको सरसामान बाहिर निकाल्न भ्याएका थिए। साथै आगोले सोही स्थानमा रहेको घिमिरे मार्केटका केही पसलमा पनि क्षति पुर्‍याएको छ। आगो लागेको कारण खुल्न नसकेको पनि विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। 

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागी दमकका २ वटा दमकल, गौरादह, कानेपोखरी, लेटाङ, शुन्दरहरैंचा, कमल लगायतका स्थानबाट आएका अन्य दमकलसहित दमक प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: Jan 15, 2023| 09:57 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।