काठमाडौं- रोल्पाको गंगादेव गाउँपालिका–४ मा ट्याक्टर सडकबाट करिब डेढ सय मिटर तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते छन्।
गंगादेव गाउँपालिका–७ का अन्दाजी २२ वर्षीय अम्मर वलीको मृत्यु भएको जनाइएको छ।
घाइते भएका ट्याक्टरमै सवार स्थानीय अन्दाजी १७ वर्षीय राजेश केसी र २२ वर्षीय वीरबहादुर केसीलाई उपचारका लागि दाङतर्फ पठाइएको छ।
हिजो साँझ करिब ६ बजे रा१त ४१६१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।