बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक

मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक

मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङदेखि लमजुङ, तनहुँ, गोरखा हुँदै चितवनमा २२० केभी राष्ट्रिय विद्युत् प्रसारण लाइन निर्माणको क्रममा छ।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

लमजुङ– मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाले जैविक विविधता र समष्टिगत प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको छ। लमजुङ सदरमुकाम बेंसीसहरमा कार्यशाला गोष्ठी गरेर सरोकारवालालाई मस्यौदा प्रतिवेदन सार्वजनिक गरेको हो।

मर्स्याङ्दी करिडोरअन्तर्गत मनाङदेखि लमजुङ, तनहुँ, गोरखा हुँदै चितवनमा २२० केभी राष्ट्रिय विद्युत् प्रसारण लाइन निर्माणको क्रममा छ। कुल ११२ किलोमिटर लामो सो आयोजनामा मर्स्याङ्दी नदी र आसपासमा निर्माण भएका र निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत् जडान गरिने आयोजनाले जनाएको छ।

कार्यक्रममा विद्युत प्राधिकरण वातावरण तथा सामाजिक अध्ययन विभागका प्रकाश गौडेलले आयोजनाको समष्टिगत प्रभाव मूल्यांकनको मस्यौदा प्रतिवेदनबारे कार्यपत्र प्रस्तुत गरेका थिए। विभागमै कार्यरत विनोद प्याकुरेलले जैविक विविधताबारे मस्यौदा प्रतिवेदनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। 

सार्वजनिक मस्यौदा प्रतिवेदनमा आयोजनाले पार्ने प्रभावसँगै प्रभावितको समस्या तथा मागबारे पनि सम्बोधन हुनुपर्ने, आयोजना निर्माणका क्रममा जैविक तथा समष्टिगत रूपमा कम क्षति हुने गरी काम गर्नुपर्ने, सम्भावित क्षतिलाई न्यूनीकरण गर्न अधिकतम प्रयास गर्नुपर्ने सुझाव उल्लेख छ।

आयोजनाले सन् २०१८ मै मनाङ उदिपुर खण्डअन्तर्गतको वातावरणीय प्रभाव मूल्यांकन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति गराइसकेको थियो। सोही वातावरणीय अध्ययनको प्रारम्भिक प्रतिवेदनमा आधारित भएर जैविक विविधता एवं समष्टिगत प्रभाव मूल्यांकन गरिएको आयोजनाले जनाएको छ। मर्स्याङ्दी करिडोरमा आधारित भएर गरिएको अध्ययनले त्यसअन्तर्गत जैविक विविधता, समष्टिगत प्रभाव र चुनौतीबारे प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: Jan 14, 2023| 17:20 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्