आइतबार, साउन १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • छायानाथमा दलितसँग लगनगाँठो कस्ने गैरदलितलाई नगद लाख सित्तैमा

छायानाथमा दलितसँग लगनगाँठो कस्ने गैरदलितलाई नगद लाख सित्तैमा

हालै सम्पन्न नगरपालिकाको १२औं नगरसभाले जातीय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे प्रोत्साहनस्वरूप १ लाख उपलब्ध गराउने भएको हो।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

मुगु– मुगुको छायानाथ रारा नगरपालिकाले उमेर पुगेका गैरदलितले दलितसँग बिहे गरे १ लाख रुपैयाँ दिने भएको छ। हालै सम्पन्न नगरपालिकाको १२औं नगरसभाले जातीय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे  प्रोत्साहनस्वरूप १ लाख उपलब्ध गराउने भएको हो। 

नगरप्रमुख विष्णुकुमार भामले छुवाछूत अन्त्य र दलितको हकाधिकारका लागि दलित नीति नियमावली, २०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए। पालिकाभित्रका १ देखि १४ वडासम्मका १ हजार ३०० दलित घरधुरी छन्। उनले संस्कृति, बाजा र सीपमूलक आर्यआजनका लागि प्रति घरधुरीलाई पहिलो चरणमा २ हजार ५०० का दरले दलित भत्ता उपलब्ध गराइने बताए। यस्तो भत्ता पाँच वर्षे कार्यकालमा ५ हजारसम्म बढाउने लक्ष्य रहेको उनको भनाइ छ।

नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित भएको छ। युवालाई कुलतमा फस्न नदिन नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ र  अपांगता नियमावली २०७९ पारित भएको छ। यस्तै, नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपद् जोखिम न्यूनीकरण नियमावली, २०७९ सभाबाट पारित भएको छ।–न्युज कारखाना

प्रकाशित: Jan 14, 2023| 15:04 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।