सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्रधानमन्त्री रोजगार कार्यक्रम : आधा वर्ष कट्दा ४ प्रतिशत मात्रै खर्च

प्रधानमन्त्री रोजगार कार्यक्रम : आधा वर्ष कट्दा ४ प्रतिशत मात्रै खर्च

सरकारले चालू आवमा रोजगार कार्यक्रमका लागि ७ अर्ब १३ करोड २९ लाख बजेट विनियोजन गरे पनि खर्चको प्रतिशत निराशाजनक।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

काठमाडौं– नेपालमा सरकारी योजनामा हुने गरेको पुँजीगत खर्चको अवस्था कसरी दयनीय बन्दै छ भन्ने उदाहरण प्रधानमन्त्री रोजगार कार्यक्रमलाई हेरे पुग्छ। चालू आव २०७९/८० को पुस सकिनै लाग्दासमेत रोजगार कार्यक्रमका लागि छट्याइएको बजेट हालसम्म ४ प्रतिशत मात्रै खर्च भएको छ ।

सरकारले चालू आवमा रोजगार कार्यक्रमका लागि ७ अर्ब १३ करोड २९ लाख बजेट विनियोजन गरे पनि खर्च ३०.५८ लाख मात्रै भएको छ। यो रकम कुल विनियोजित बजेटको ४.२ प्रतिशत मात्रै हो।

सरकारले यो वर्ष २ लाख सूचीकृत बेरोजगारलाई न्यूनतम १०० दिने रोजगारी दिने लक्ष्यसहित कार्यक्रम कार्यान्वयन गरिरहेको छ। हालसम्म २ हजार ७२५ जनाले मात्रै कार्यक्रमअन्तर्गत निर्माण आयोजनामा काम गर्दै आएका छन्।

स्थानीय तहले यो वर्ष ६ हजार ४८५ वटा आयोजनाका लागि ५ अर्ब २६ करोड खर्चे गर्ने गरी कार्यक्रम तय गरिसकेको कार्यालयले जनाएको छ। अहिलेसम्म ४३५ स्थानीय तहले यस्तो कार्यक्रम र आयोजना स्वीकृत गरिसकेका छन्। 

स्थानीय तहले रोजगारीका कार्यक्रम समयमै सञ्चालन गर्न चासो नदेखाए पनि सूचीकृत हुने बेरोजगारको संख्या भने बढी छ। यो वर्ष सूचीकृत बेरोजगार नागरिक गत वर्षको तुलनामा १ लाखले बढेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रममा गत आव २०७८/७९ मा ७ लाख ८ हजार २४५ जना सूचीकृत भएका थिए। चालू आव २०७९/८० मा यो संख्या ८ लाख ४१ हजार ५०३ रहेको छ।

प्रकाशित: Jan 14, 2023| 11:54 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्