आइतबार, साउन १२, २०८२

काठमाडौं महानगरको पूर्वाधार एम्बुलेन्सले पाएन काम

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो हप्तादेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले विगत ६ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ।  

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो हप्तादेखि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। सञ्चालनको सुरूआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरूप समाधान हुने गरेको थियो।

अहिले ४–५ दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए।

उनका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्डो पुर्न गुनासो आउँछ। त्यो पनि सम्बन्धित वडाध्यक्षबाट आउँछ। नागरिकले कामपाको टोल फ्री नम्बरमा फोन गरेर खाल्डो पुर्न गुनासो गर्न भने छोडेका छन्।  

सुरूमा कामपाले वातावरण विभागको २ वटा गाडीलाई मर्मत गरेर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गरिएको हो। तत्कालको समयमा ती दुईलाई काम भ्याउन मुस्किल थियो। अहिले दुईमध्ये एक बिग्रिएको छ। भएको एउटाले पनि काम पाउन सकेको छैन। ‘४–५ दिनमा एउटा काम गर्न गुनासो आउँछ,’ विभागका प्रमुख थापाले भने।   

विशेषगरी कामपाको क्षेत्रभित्रबाट सडकको खाल्डो पुर्न आएको गुनासोकोे तत्काल सम्बोधन गर्न उक्त एम्बुलेन्स प्रयोग ल्याइएको थियो। बर्खाको तुलनामा अहिले सडकमा खाल्डा कम पर्ने, सडक विभागले गर्नुपर्ने स्थानमा काम नियमित भइरहेको र कामपाले आफ्नो अधिकार क्षेत्रभित्रका सडक मर्मत काम नियमित गरिरहेकाले पूर्वाधार एम्बुलेन्सले काम नपाएको प्रमुख थापाको भनाइ छ। 

नगन्य रूपमा आएको गुनासो महानगरका इन्जिनीयर र कामदारसहित ३ जनाको टोली टोल–टोलमा पुगेर सडक मर्मतको काम भने गरिरहेकै छन्। अहिलेसम्म डल्लु, नयाँबानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रमा धेरै यस्ता किसिमको काम भएको जनाइएको छ।

दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझमात्र यस्ता काम गर्न थालेको छ।

प्रकाशित: Jan 14, 2023| 10:20 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।