आइतबार, साउन १२, २०८२

भक्तपुरका अधिकांश फलफूल पसलहरुले गरेनन् नवीकरण

भक्तपुरका अधिकांश फलफूल पसलहरुले गरेनन् नवीकरण
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

भक्तपुर- भक्तपुरका अधिकांश फलफुल   पसलेहरुले पसल नवीकरण नगरेको भेटिएको छ। भक्तपुर नगरपालिका अनुगमन समितिले नगरका ६ वटा पसलहरुमा बिहीबार अनुगमन गर्दा यस्तो भेटिएको हो। समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुर नगरभित्र रहेको फलफूललगायत ६ वटा पसलहरुको अनुगमन गरेको थियो। 

अनुगमनमा एच एण्ड एच जुस सेन्टर नवीकरण गर्नुपर्ने, मूल्यसूचि राख्नुपर्ने र लेवल नभएको फ्रुटो जुस ५०० मिलिलिटरकोमा लेवल नभएकोले जफत गरी नष्ट गरियो। त्यस्तै राजेश पानीपुरी विगत दुई तीनबर्ष अगाडिदेखि बिना दर्ता संचालन गरेकोले तीन दिनभित्र दर्ता गर्न, सरसफाइमा ध्यान दिन र मूल्यसूचि राख्न निर्देशन दियो। 

सुष्मा फ्रुट शप विगत चार बर्षदेखि नवीकरण नभएकोले त्यहीं नवीकरण गराएर कुहेको र विग्रेको फलफूलहरू नराख्न, नबेच्न, तराजु नवीकरण गर्न र सरसफाइमा ध्यान दिन निर्देशन दियो। त्यस्तै इजी मल्टि स्टोर नविकरण गर्न, म्याद नाघेको सामानहरु आसियन ड्राई फुड ९ पाकेट, लेवल नभएको पूर्णिमा स्पेशल भुजा १ पाकेट, सिक्सभिल्ला पापड १३ पाकेट जफत गरी नष्ट गरियो। 

ए।के। किराना एण्ड भेज सप्लायर्समा मूल्यसूचि राख्न, प्याकेजिङ्ग सामानमा लेवल राखेर मात्र विक्रीवितरण गर्न र म्याद नाघेको मसला पाकेटहरु १७ पाकेट जफत गरी नष्ट गरियो। त्यस्तै पटिन लिंकन स्टोरमा मूल्यसूचि राख्न, म्याद नाघेको प्लाटिनम कुकिज बिस्कुट १ पाकेट, जिरा वन्डर विस्कुट १ पाकेट, बटर डिलाइट विस्कुट ३ पाकेट, नटराज दालमोठ १ पाकेट, शिवशंकर बदाम १ पाकेट र कोक ५०० मिलि जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए। 

अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रीता फसिकवा, श्यानिटेशन उपशाखा प्रमुख दीलिपकुमार सुवाल, वडा निरिक्षक रामकृष्ण प्रजापति, कर उपशाखा मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, जिल्ला प्रहरी कार्यालयका प्रसनि विनोद सुवाल, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासु सहभागी थिए।

प्रकाशित: Jan 14, 2023| 08:45 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।