आइतबार, साउन १२, २०८२

आजदेखि टुँडिखेलमा माघी महोत्सव

थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडिखेलमा आयोजना गरिने भएको छ।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

काठमाडौं– थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडिखेलमा आयोजना गरिने भएको छ। थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो।

महोत्सवमा थारू साँस्कृतिक झाँकी, र्‍याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ।

महोत्सवमा एक सय विविध कक्ष राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए।

यस पटक थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ। ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, खरिया सुँगुर/बङ्गुरको मासु र परेवाको मासु परिकारका रूपमा रहने छन्।

त्यसैगरी माछा, घोङ्घी, गङ्गटो, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटीलगायत परिकार पनि राखिने भएको छ।

महोत्सवमा थरूहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुँदैछ। मघौटा, सखिया, हुर्दगङ्वा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रङ्हवा नृत्यसहित गीत प्रस्तुत गर्ने तयारी छ।

पुस ३० गते बिहान कोटेश्वरबाट मोटरसाइकल र्‍याली गरेर भृकुटीमण्डपमा समापन गर्ने कार्यक्रम छ। माघ १ गते बिहान १० बजे थारू सांस्कृतिक, वेशभूषा, बाजागाजा, सङ्घसंस्थाको तुल ब्यानरसहित वसन्तपुरमा जम्मा भई झाँकी र्‍यालीले रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम गरिएको छ। रासस

प्रकाशित: Jan 14, 2023| 07:45 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।