आइतबार, साउन १२, २०८२

अन्तरजातीय विवाह गरे एक लाख

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ।
 |  शनिबार, पुस ३०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३०, २०७९

मुगु- मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने भएको छ। नगरपालिकाको १२ औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने भएको हो।

दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली, २०७९ सभाबाट बहुमतले पास भएकाले त्यसैअनुरूप काम गरिने नगरप्रमुख विष्णुकुमार भामले बताए। उनले पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार तीन सय दलित घरधुरी रहेको जानकारी दिए।  

संस्कृति, बाजा र सिपमूलक आर्यआजनका लागि प्रति घरधुरी पहिलो चरणमा दुई हजार पाँच सयका दरले दलित भत्ता उपलब्ध गराइने उनले बताए। सो भत्ता अन्तिम पाचँ वर्षको कार्यकालमा पाँच हजार रुपैयाँसम्म पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ।

विधेयक नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ। बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गइरहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९, अपाङ्गता भएका व्यक्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिकास्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने र नागरिकको हितका लागि अति आवश्यक भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपत् जोखीम न्यूनीकरण नियमावली २०७९ सभाबाट पारित भएका छन्।

प्रकाशित: Jan 14, 2023| 06:45 शनिबार, पुस ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।