झापा- बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सागर प्रसाद सेलवाललाई प्रहरीले पक्राउ गरेको छ।
झापा प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–२ चारापाने घर भएका ३९ वर्षीय सेलवालको मुद्धा फैसाला भएको तीन वर्षपछि पक्राउ गरिएको हो।
उच्च अदालत पाटनको २०७७ माघ १९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ३ लाख रूपैयाँ जरिवाना र १२ हजार रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति भराउनु पर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ।