आइतबार, साउन १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दिलीप हत्या प्रकरण : न्याय माग्दै गृहमन्त्री लामिछानेलाई परिवारले बुझायो ज्ञापनपत्र

दिलीप हत्या प्रकरण : न्याय माग्दै गृहमन्त्री लामिछानेलाई परिवारले बुझायो ज्ञापनपत्र

धनुषाको औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा २०७६ पुसमा टिपरले किचेर दिलिपको हत्या गरिएको थियो।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौंदिलीप महतोलाई पर्यावरणीय सहिद घोषणा गर्नुपर्नेसहित पाँच बूँदे माग पेश गर्दै उनको परिवारले गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएको छ।

धनुषा औराही खोलामा बालुवा–गिट्टी दोहन रोक्न र चुरे सम्रक्षणको एक्लो अभियानमा लाग्दा तीन वर्षअघि मारिएका ओम प्रकाश (दिलीप) महतोकी आमा र दुई बहिनीले आज गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमार्फत दिलीपलाई पहिलो पर्यावरणीय शहिद घोषणा गर्नुपर्ने, अनुसन्धानमा त्रुटी भई हालसम्म मुख्य योजनाकार कारवाहीको दायरमा नआएकाले उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारवाहीको दायरमा ल्याई कानूनबमोजिम कारवाही गर्नुपर्ने, देशैभरका अवैद्य क्रसर उद्योग बन्द गर्नुपर्ने माग परिवारले गरेको छ। यस्तै चुरे संरक्षणका लागि तत्काल चुरे संरक्षण ऐनको कार्य थालनी गर्नुपर्ने र दिलीपको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ।

धनुषाको मिथिला नगरपालिका-५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा २०७६ पुसमा टिपरले किचेर दिलिपको हत्या गरिएको थियो। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पहिला फलामको लिभरले उनीमाथि प्रहार गरी घाइते बनाएर उनीमाथि टिपर चलाएको बाहिर आएको छ । महतो उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेको बेला त्यहीँ उनीमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।

उक्त घटनाको हत्या अभियोगमा प्रहरीले तीन जनाविरुद्ध मुद्दा परेकोमा उक्त मुद्दा तीन वर्षसम्म पनि टुंगो लागेको छैन।







प्रकाशित: Jan 13, 2023| 18:50 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।