सोमबार, जेठ २७, २०८२

नर्भिक अस्पतालको लाभांश पारित

साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं–आईपीओ निष्कासन योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलको साधारणसभाले सेयरधनीका लागि लाभांश वितरण पारित गरेको छ।

शुक्रबार थापाथलीस्थित बिएलसीको सभाकक्षमा सम्पन्न दोस्रो साधारणसभाले सञ्चालक समितिबाट प्रस्तुत प्रस्ताव संशोधन गर्दै लाभांश केही बढाएर पारित गरेको हो।

यसअघि सञ्चालक समितिले आव २०७८÷७९ को नाफाबाट सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो। सञ्चालक समितिको प्रस्तावअनुसार २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(करसहित) वितरण गरिने थियो। तर साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

साधारणसभा उद्घाटन नर्भिक अस्पतालका संरक्षक वसन्त चौधरी र अस्पतालको सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संयुक्त रुपमा गरेका थिए। हाल अस्पतालको चुक्ता पुँजी २२ करोड ५० लाख रुपैयाँ छ। साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै चुक्ता पुँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ।

साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८÷७९, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गरेको छ।

प्रकाशित: Jan 13, 2023| 16:29 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्