आइतबार, साउन १२, २०८२

सन्दीप लामिछानेलाई रिहा गर्न जिल्ला अदालत लगियो

रिहाइको प्रक्रिया पूरा गर्न लामिछानेलाई केन्द्रीइ कारागारबाट जिल्ला अदालत ल्याइएको हो।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं- उच्च अदालतले सर्तसहित थुनामुक्त गर्न आदेश दिए पछि नेपाली क्रिकेटका पुर्व कप्तान जिल्ला अदालत काठमाडौं पुगेका छन्।

रिहाईको प्रक्रिया पुरा गर्नका लागि लामिछानेलाई केन्द्रिय कारागारबाट जिल्ला अदालत ल्याईएको हो। जिल्ला अदालतमा आवाश्यक कारवाही प्रक्रिया पुरा गरे पछि लामिछाने आजै रिहा हुनेछन।

क्रिकेटर सन्दीप लामिछानेले २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार हिरासतमुक्त हुँदैछन्। बिहीबार उच्च अदालत पाटनले जबर्जस्तीकरण मुद्दामा लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

अदालतले यसअघि काठमाडौं जिल्ला अदालतले सुनाएको आदेश खारेज गर्दै लामिछानेलाई बाहिरै बसेर आफ्नो मुद्दा लड्न पाउने आदेश सुनाएको थियो। मुद्दाको किनारा नलागुञ्जेल सन्दीप विदेश जान पाउने छैनन्। काठमाडौं बाहिर जाँदा पनि जिल्ला प्रशासनको अनुमति लिएर जानुपर्नेछ। 

अदालतले उनलाई विदेश जान नपाउने, त्यस अवधिसम्म उनको राहदानी पनि रोक्का राख्ने, आफूखुसी काठमाडौं उपत्यका छाड्न नपाउने, जानुपरे जिल्ला प्रहरी परिसर काठमाडौंबाट अनुमति लिनुपर्ने, पीडित वा उनको परिवारका सम्बन्धमा विद्युतीय वा सामाजिक सञ्जालबाट कुनै सामग्री प्रकाशन गर्न नपाउने पीडित र पीडितको परिवारसँग सम्पर्क वा भेट गर्न पनि बन्देज, पीडित वा उनको परिवारलाई डर, त्रास, धम्की, दबाब र प्रभाव दिने कुनै कार्य गर्न नपाउने, आदेश पालना भए–नभएको जाँचबुझ गर्ने अधिकार नेपाल प्रहरीलाई, सर्त उल्लंघन गरे धरौटीमा रिहा गर्ने आदेश स्वतः निष्क्रिय भएको मानिने कडा सर्त सुनाएको छ।

उच्च अदालत पाटनले पीडकसँग यथेष्ट बयान नलिईकन हिरासतमा राख्न आदेश दिएको भन्दै बेरित भएको उल्लेख गरेको छ। आज हिरासतबाट मुक्त हुनुअघि लामिछानेको स्वास्थ्य परीक्षण गरिने भएको छ। तीन महिनाभन्दा बढी समय हिरासतमा बस्नुपर्दा लामिछानेमा मानसिक समस्या देखिएको बताइएको छ। अब उनले क्रिकेट खेल्नसमेत पाउने भएका छन्।


प्रकाशित: Jan 13, 2023| 14:25 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।