आइतबार, साउन १२, २०८२

कति छ आज काठमाडौंको बिहानी तापक्रम?

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

काठमाडौं- देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडौंसहित बागमती प्रदेशका धेरैजसो ठाउँमा नै चिसो कम भएको मौसमविदले जानकारी दिएका छन्। प्रदेश १ का पहाडी जिल्लामा पनि तापक्रम बढ्न थालेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्।

हिउँदे वर्षा नहुँदा र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव खासै नपर्दा काठमाडौंसहित बाग्मती र प्रदेश १ का पहाडी क्षेत्रमा न्यूनतम र अधिकतम तापक्रम बढ्न थालेको  हो।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको उनले बताइन्।

मौसमविद महर्जनका अनुसार आज पनि काठमाडौंसहित पहाडी क्षेत्रमा पारिलो घाम लाग्ने सम्भावना छ। तर, तराईका जिल्लामा भने बाक्लो हुस्सु कुहिरो छ। यसले गर्दा पहाडी जिल्लाको तुलनामा तराईमा चिसो धेरै छ।

प्रकाशित: Jan 13, 2023| 07:49 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।