बुधबार, वैशाख १७, २०८२

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री  हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैछन्। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। 

गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले  नियुक्त भएको छैठौं दिनमा नै विश्वासको मत लिने भएका हुन्। नेपालको संविधान धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रयोजनका लागि मंगलबार उनले प्रदेशसभामा सूचना दिएका थिए। 

एमाले संसदीय दलका नेता कार्की संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र, राप्रपा  र जसपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन। मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। 

यसअघि ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रबाट २ र एमालेबाट एक जना मन्त्री नियुक्त गर्दैछन्। माओवादीबाट तेह्रथुमका दुर्गाप्रसाद चापागाई र मोरङका जीवन आचार्य र एमालेबाट सोलुखुम्वुका बुद्धिकुमार राजभण्डारी मन्त्री बन्ने श्रोतको भनाई छ। 

यसअघि माओवादी केन्द्र मुख्यमन्त्रीमा आलोपालो नहुँदा सम्म सरकारमा नजाने निर्णय गरेको थियो। माओवादी सरकारमा सहभागी भएपछि मन्त्रीको कार्यविभाजन शुक्रबार गर्ने मुख्यमन्त्री कार्कीले बताएका छन्। 

Metro Mart
worldlink

उपसभामुखको मनोनयन आज

प्रदेश १ को उपसभामुख चयनका लागि शुक्रबार मनोनयन दर्ता गरिदैछ। प्रदेशसभाको बिहीबार बसेको तेश्रो बैठकले उपसभामुख चयनको प्रक्रिया अघि बढाएको छ। 

प्रदेशसभा सचिवालयले प्रकाशन गरेको कार्यतालिका अनुसार शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ। उपसभामुख चयनका लागि शनिबार निर्वाचन हुनेछ। 

बिहीबार बसेको प्रदेशसभा बैठकले सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई निर्विरोध निर्वाचित गरेको थियो।

प्रकाशित: Jan 13, 2023| 07:19 शुक्रबार, पुस २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।